कवाज प्रशिक्षक प्रशिक्षण समूहका प्रशिक्षार्थीहरुको सामुहिक कवाज अभ्यासको अवलोकन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
वि.सं.२०८० पुस ४ बुधवार २०:३७
shares

काठमाडौ । कवाज प्रशिक्षक प्रशिक्षण समूहका प्रशिक्षार्थीहरुको सामुहिक कवाज अभ्यासको अवलोकन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ। राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा अाज सम्पन्न भएकाे हाे ।
२०८०।०६।२१ गते देखि प्रतिष्ठानमा संचालन भईरहेको प्र.स.नि.हरुको प्रशिक्षक प्रशिक्षण (कवाज तथा आन्तरिक) तालिम २६ औ समूह तथा प्र.ह.\प्र.ज को कवाज प्रशिक्षक प्रशिक्षण तालिम २५ औ समूहको सामुहिक कवाज अभ्यास प्रदर्शनको अवलोकन गर्नु भएकाे थियाे ।
साथै दुवै तालिम समूहका प्रशिक्षार्थीहरुसँग स्थलगत रुपमा अन्तरक्रिया कार्यक्रम गरी प्रशिक्षार्थीहरुबाट उठेका जिज्ञासाहरुको सम्बोधन गर्नु भयो ।
दुबै समूहका प्रशिक्षार्थीहरुले अन्तरक्रियाका क्रममा प्रशिक्षण कार्यक्रम उपलब्धीमूलक रहेको र प्रशिक्षणले आफूमा Knowledge, Skill र Attitude मा परिवर्तन ल्याउन प्रशिक्षण सफल भएको कुरा व्यक्त गरेका थिए ।































