पाँचौँ दक्षिण एसियाली स्केट बोर्ड प्रतियोगिता उपाध्यक्ष डा. लामा द्वारा स्केटबोर्ड प्रदान गरेर उद्घाटन

4.6K
shares

काठमाडौँ । पाँचौँ दक्षिण एसियाली स्केट बोर्ड प्रतियोगिता तथा स्केट जात्रा कार्यक्रम बिहीबार संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषको उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले खेलाडीलाई स्केटबोर्ड प्रदान गरेर उद्घाटन गरेका छन् ।

कार्यक्रम उद्घाटन गर्दै खेलाडीहरुलाई हौसला तथा खेलसफलताको शुभकामना मन्तव्य राख्दै उपाध्यक्ष डा. लामाले युवा र खेलकुद अहिलेको समाजको प्रमुख पक्ष भन्दै खेलकुदले युवाको दैनिक जीवनमा धेरै सकारामत्क भूमिका खेलेको बताएका छन् ।

बालबालिका र किशोरकिशोरी खेलकुदमा सहभागी हुँदा शारीरिक र मानसिक विकासमा थप सहयोग पुग्ने हुदा यस्ता खेलकुद कार्यक्रमहरु आयोजना गर्नु पर्ने धारणा राखेका हुन्। उपाध्यक्ष डा. लामाले खेलाडीहरुलाई लुम्बिनी दर्शनको निम्ति आग्रह समेत गरेका छन्। कार्यक्रममा उपाध्यक्ष डा.लामाले स्केट खेलाडीहरुको रोचक फोटोहरु प्रदर्सनको अवलोकन समेत गरेका छन् ।

कार्यक्रममा सङ्घका अध्यक्ष अच्युत खनाल, स्केट एड नेपालका अध्यक्ष जागृत पहाडी लुम्बिनी प्रदेश खेलकुद विकास परिषद सदस्य सचीव जय प्रकाश भट्टराई, तिलाेत्तमा नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्री लगायत खेलाडीहरुको उपस्तिथि रहेको थियो।

नेपाल स्केट बोर्ड, स्केट बोर्डिङ सङ्घ तथा स्केट एन्ड नेपालको संयुक्त आयोजना बुटबलमा आयोजना भएको उक्त प्रतियोगितामा दक्षिण एसियाका नेपालसहित भारत, बङ्गलादेश, श्रीलङ्का, भुटान, पाकिस्तान र माल्दिभ्स तथा आमन्त्रित राष्ट्रमा म्यान्मार र थाइल्यान्ड बाट नौ टोलीको सहभागिता रहेको आयोजकले बताएको छ।

तीन दिनसम्म चल्ने प्रतियोगिताको पहिलो दिन छनोट चरणका खेल हुनेछन् । छनोट चरणबाट प्रत्येक राष्ट्रको १६ खेलाडी सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनलबाट प्रत्येक राष्ट्रको आठ खेलाडी उपाधि होडमा प्रवेश गर्नेछन् ।

प्रतियोगितामा पुरुष/महिलामा गेम्स अफ स्केटबोर्ड र वेस्ट रन स्पर्धामा प्रतिस्पर्धा हुनेछ भने दुवैको स्पर्धा प्रदर्शनका आधारमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीको टुङ्गो लगाइने छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083