माओवादी केन्द्र ७ नम्बर वडा समिति अभियानद्वारा SUPER LEARNING STRESS Management कार्यक्रमकाे उद्घाटन सम्पन्न
वि.सं.२०८० पुस ५ बिहीवार २२:२०
shares

काठमाडौ । ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’ नेकपा (माओवादी केन्द्र) काठमाडौ महानगरपालिका ७ नम्बर वडा समिति अभियानद्वारा SUPER LEARNING STRESS Management कार्यक्रमकाे उद्घाटन सम्पन्न भएकाे छ ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका संघीय सांसद लेखनाथ दाहाल (राजन) को प्रमुख आतिथ्यतामा , साथै ७ नम्बर वडा समिति अभियान संयोजक ईन्द्र भुषालको अध्यक्षतामा आज चावहिल मित्रपार्क अवस्थीत पशुपति बहुमुखी क्याम्पसमा उद्धघाटन भएको हो।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथीले अहिलेको पुस्ता आम जनता युवा विद्यार्थीहरु चेतना मुलक कार्यक्रममा निरन्तर जाेडिनु पर्ने बताए । उनले भने ‘तनाव टेनसनलाई कसरी हटाउने, ज्ञान चेतना कसरी बृद्धी गर्ने याे बिषय बुझ्न जरुरी छ’ । साथै आम जनता युवा बिद्यार्थीहरुलाई यो अवसरको सदुपयोग गर्न आग्रह गरेका छन् ।” रचनात्मक कार्यक्रम गरेकाेमा ७ नम्बर वडा अभियान समितीलाई धन्यबाद ब्यक्त समेत गरेका थिए ।
त्यसै गरी ७ नम्बर वडा समिति अभियान संयोजक ईन्द्र भुषालले विद्यार्थीहरुलाई नयाँ ज्ञान चेतना प्रदान गर्न ,ज्ञानकाे वृद्धि विकास गराउन साथै पछिल्लो समय आम जनता युवाहरुमा फैलिएकाे निराशापनलाई चेतनाकाे रुपमा बृद्धी गर्नका लागि कार्यक्रम गरेकाे बताए । साथै सधै जसो नियमित नै जनतासँग प्रत्यक्ष उपस्थीत भई बिभिन्न कार्यक्रमहरु गर्दै आएको समेत उनले बताए ।
“उद्धघाटन कार्यक्रममा उपस्थित वडावासी युवा विद्यार्थी,बुद्धीजीबी वर्ग समाजसेवी लगाएत सम्पुर्ण आम नागरिकहरुलाई धन्यवाद ब्यक्त गरेका थिए।”
साथै उद्धघाटन कार्यक्रमको संचालन युवा बिद्यार्थी नेता मदन लिम्बुले गरेका थिए, भने प्रशिक्षण विदुर फुयालले गरेका थिए ।
उक्त कार्यक्रममा बागमती प्रदेश सदस्य डम्बर अधिकारी,रत्नमणि गौतम,मदन लिम्बु, शंकरदत्त बोगटी, प्रधान लामा ज्यष्ठ कम्युनिष्ट मंच सदस्य प्रेममणी भट्टराई, वडा पार्टीको नेतृत्व, वडाबासी नागरिक, समाजसेवी, बुद्धिजिबी, युवा विद्यार्थीहरु लगाएतको उपस्थिति रहेको थियो ।































