प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीद्वारा पुलिस क्लबलाई बधाई
वि.सं.२०८० माघ २० शनिवार १९:४१
4.37K
shares
shares

काठमाडौ । नेपाल पुलिस क्लबलाई राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले बधाई दिएका छन् । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेपछि एआईजि भण्डारीले बधाई दिएका हुन्।
प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब छैटौं सस्करणको च्याम्पियन बनेको छ।
कीर्तिपुरको मैदानमा सम्पन्न खेलमा पुलिस क्लब ६ विकेटले विजयी बनेको हो।





























