माओवादी केन्द्र कामनपा ७ नम्बर वडा समितिद्वारा प्रस्तावित मस्यौदा विधान – २०८० विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Nepal Life Insurance Long Ad

काठमाडौ । नेकपा (माओवादी केन्द्र) काठमाडौ महानगरपालिका ७ नम्बर वडा समितिले (माओवादी केन्द्र) को प्रस्तावित मस्यौदा विधान – २०८० विषयमा सल्लाह सुझाव संकलन सहित बृहत अन्तरक्रिया कार्यक्रम गरेको छ ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य इन्द्र भुषालकाे प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे । नेता भुषाल  ‘जनतासँग माओवादी : विशेष रुपान्तरण’ अभियान काठमाडौ महानगरपालिका ७ नम्बर वडा समितिका अभियान संयाेजक समेत हुन्।

उक्त कार्यक्रममा बागमती प्रदेश सदस्य डम्बर अधिकारी , प्रदेश सदस्य रन्नमणि गाैतम,रामेश्वर जङ्ग केसी, शंकरदत्त बोगटी, प्रधान लामा ज्यष्ठ कम्युनिष्ट मंच सदस्य प्रेममणी भट्टराई, युवा विद्यार्थी नेता मदन लिम्बू , वडा पार्टीको नेतृत्व, वडाबासी नागरिक, समाजसेवी, बुद्धिजिबी, युवा विद्यार्थीहरु लगाएतको उपस्थिति रहेको थियो ।

२० माघ २०८०, शनिवार २१:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु