लेनदेन मुद्दाका फरार प्रतिवादी जनक सिंह पक्राउ
वि.सं.२०८१ जेठ २४ बिहीवार १२:१८
shares

जाजरकोट । लेनदेन (विगो) मुद्दाका फरार प्रतिवादी जाजरकोट जिल्ला कुसे गाउँपालिका वडा नम्बर ४ घर भई सोही स्थान बस्ने ४१ वर्षीया जनक बहादुर सिंहलाई
मङ्गलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनकोको २०८० को फैसलाले लेनदेन (विगो) मुद्दामा दोषी ठहर भई फरार रहेका उनलाई प्रहरीले जाजरकोटबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत जाजरकोट पठाएको बताए । साथै उनले लेनदेन (विगो) नतिरे पछि उनलाई कारागार पठाएको जाजरकोटका डिएसपीले बताए ।
(Khapatad Heavy Equipments Construction P.Ltd) खप्तड ह्याभी ईकोमेन्ट कन्ट्रक्सन प्रा.ली का सञ्चालक प्रेम कुमार साउँदको जाहेरीले उनी बिरुद्ध काठमाडौ प्रहरी परिसर टेकुबाट पक्राउ पुर्जी जारी भएको थियो ।
(यो पनि पढ्नुहोस्)
फरार रहेका अभियुक्तहरुलाई जोगाउन गाउँपालिका अध्यक्षकै संग्लगनता !































