माओवादी केन्द्र काठमाडौं निर्वाचन क्षेत्र नम्बर-४ को समन्वय समितिको कार्यलय बैठक सम्पन्न
क्षेत्र नम्बर-४ का ईन्चार्ज सुनिल कुमार मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य,पुर्वमन्त्री एवम् क्षेत्र नम्बर-४ का ईन्चार्ज सुनिल कुमार मानन्धरको प्रमुख आतिथ्यतामा माओवादी केन्द्र काठमाडौं निर्वाचन क्षेत्र नम्बर-४ को समन्वय समितिको कार्यलय बैठक सम्पन्न भएको छ ।
बैठकमा बागमती प्रदेशका प्रदेश सदस्य साथै काठमाडौं निर्वाचन क्षेत्र नम्बर-४ का संयोजक डम्बर अधिकारीले बैठकको अध्यक्षता गर्नु भएको थियो, भने क्षेत्रका सचिव रविन गुरुङले उक्त बैठकको सञ्चाल गर्नु भएको थियो ।
बैठकमा बिभिन्न वडाभित्र रहेका जन-सरोकारका बिषयमा पार्टीले के कसरी धारणा बनाउने? साथै प्रत्येक वडामा भएका समस्याहरुलाई कसरी दिर्घकालिन समाधान गर्ने लगाएत बिषयमा छलफल भएको संयोजक डम्बर अधिकारीले बताए ।
उक्त बैठकमा अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष युवा नेता ईन्द्र भुषाल, वैकल्पीक केन्द्रीय सदस्य कुमार बोगटी, बिभिन्न वडाका प्रतिनिधिहरु लगाएतको उस्थिती रहेको थियो ।
२६ जेठ २०८१, शनिवार १७:०१ बजे प्रकाशित