प्रहरी उपरीक्षक मोहन कुमार थापाकाे प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

3.61K
shares

कास्की । जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाकाे प्रमुख आतिथ्यतामा नेपालमा आर्थिक बैंकिङ कसूर र सहकारी ठगीको अवस्था विषयमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

सिद्धार्थ बैंक लिमिटेड गण्डकी प्रदेश पोखराको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा गण्डकी प्रदेश भित्र ९ जिल्लामा रहेका सिद्धार्थ बैंक लिमिटेडका बैंक म्यानेजरहरु र सिद्धार्थ वैंक लिमिटेडका गण्डकी प्रमुख निरज श्रेष्ठ समेतको उपस्थितिमा उक्त कार्यक्रम भएको हाे ।

प्रहरी उपरीक्षक मोहन कुमार थापाले नेपालमा आर्थिक अपराध, बैंकिङ कसूर र सहकारी ठगीको अवस्था, कानूनी व्यवस्था, अपराधको प्रवृत्ति, अनुसन्धान गर्ने निकाय तथा सुरक्षित आर्थिक कारोवार गर्दा ध्यान दिनुपर्ने कुराहरु समेतका विषयमा प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको थियाे।


divya collage
unigloble collage