एसएसपी दिनेश राज मैनालीको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न

3.35K
shares

काठमाडौ । प्रहरी बरिष्ठ उपरीक्षक दिनेश राज मैनालीको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।

जनपद तर्फ प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा भएका प्रहरी हवल्दार लक्ष्मी कुमारी थारुलाई प्रहरी बरिष्ठ उपरीक्षक दिनेश राज मैनालीले काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा आइतबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नु भएको हो ।

May be an image of 4 people and text

दर्ज्यानी चिन्ह सुशोभन पश्चात पदोन्नति भएका प्रहरी हवल्दार लक्ष्मी कुमारी थारुलाई बधाई तथा शुभकामना दिनु हुदै प्रहरी बरिष्ठ उपरीक्षक दिनेश राज मैनालीले सरुवा वढुबा प्रहरी सेवामा प्रवेशदेखी अवकाससम्म प्रहरी कर्मचारीको नियमित प्रकृया भएकाले प्रहरी ऐन तथा नियमावलीमा तोकिए बमोजिम आफ्नो पदिय दायित्व निर्वाह गर्न निर्देशन दिनु भयो ।

सुशोभन कार्यक्रममा प्रहरी उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

May be an image of 7 people, dais and text


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083