ओलीको क्षेत्र झापा–५ मा देवेन्द्र दाहालको कमान्डमा ५०१ सदस्यीय परिचालन समिति गठन

केपी शर्मा ओली

3.55K
shares

माघ ९,झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ मा चुनावी अभियानको सम्पूर्ण जिम्मेवारी पोलिटब्युरो सदस्य देवेन्द्र दाहाललाई दिइएको छ।

गौरादहमा आज बसेको क्षेत्रीय समन्वय कमिटीको बैठकले दाहालको संयोजकत्वमा ५०१ सदस्यीय विशाल निर्वाचन परिचालन समिति गठन गरेको हो।

समितिको सहसंयोजकमा केन्द्रीय सदस्य दीपक कार्की र मेनुका काफ्ले तोकिएका छन्। दाहाल २०४८ सालदेखि नै ओलीको चुनावी व्यवस्थापनमा सक्रिय रहँदै आएका अनुभवी नेता मानिन्छन्।

सहसंयोजक कार्की पूर्व सांसद तथा गौरादहका पूर्व गाविस अध्यक्ष हुन् भने काफ्ले कमल गाउँपालिकाकी निवर्तमान अध्यक्ष हुन्।

चुनावी अभियानलाई व्यवस्थित बनाउन ९ वटा उपसमिति र ६९ सदस्यीय सचिवालय पनि गठन गरिएको छ। समितिमा निर्वाचन क्षेत्रभित्र घर भएका केन्द्रीय सदस्य, प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका सदस्य र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूलाई समेटिएको छ।

एमाले केन्द्रीय सदस्य दीपक कार्कीका अनुसार कार्यालय सञ्चालन, प्रचार–प्रसार, आर्थिक व्यवस्थापन, स्वयंसेवक परिचालन र कानुनी परामर्श लगायतका विषय हेर्ने गरी विभिन्न उपसमितिहरूले काम सुरु गरिसकेका छन्।

पार्टीका क्षेत्रीय संयोजक तथा परिचालन समितिका सचिव नारायण गौतमले अध्यक्ष ओलीलाई अत्यधिक मतले विजयी गराउने लक्ष्यका साथ सबै नेता–कार्यकर्ता मतदाताको घरदैलोमा खटिने बताए।

बैठकले आगामी माघ १२ गतेभित्र वडा र टोल तहसम्मका प्रचार समिति गठन गरिसक्ने निर्णय पनि गरे


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083