विवादबीच सभापति लामिछानेसँग गृहमन्त्री गुरुङको बूढानीलकण्ठमा भेट

2.93K
shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङको विवादबीच रवि लामिछाने लाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।

विवादास्पद व्यापारी दीपक भट्ट समूहको लगानी रहेको लघु बीमा कम्पनीमा संस्थापक सेयरधनी भएको विषय सार्वजनिक भएपछि गृहमन्त्री गुरुङ आलोचनामा परेका हुन्। सो विषयलाई लिएर सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा उनलाई राजीनामा दिनुपर्ने आवाजसमेत उठिरहेको छ।

गुरुङले उक्त सेयर ऋणमार्फत लिएको भन्दै सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका छन्। तर, सम्पत्ति विवरणमा सो लगानी उल्लेख नगरेको आरोप लागेपछि विवाद थप चर्किएको छ।

चैत १३ गते गृहमन्त्री बनेका गुरुङ सार्वजनिक दबाब बढ्दै गएपछि आफ्ना पार्टी सभापति लामिछानेसँग छलफल गर्न बूढानीलकण्ठ पुगेको स्रोतले जनाएको छ।

भेटमा समसामयिक राजनीतिक परिस्थिति, आरोपप्रति पार्टीको धारणा तथा आगामी कदमबारे छलफल भएको अनुमान गरिएको छ।


divya collage
unigloble collage