‘यू-टर्न’ लिन नजान्ने नेता एक बेवकुफ नेता हो : इमरान खान

Nepal Life Insurance Long Ad

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ‘यू-टर्न’ लिन नसक्ने नेता कहिल्यै सफल नहुने बताएका छन् । पत्रकारहरुसँगको कुराकानीमा प्रधानमन्त्री खानले भने, ‘यू-टर्न नलिने कहिल्यै सफल नेता हुँदैन र जसले ‘यू-टर्न’ लिन जान्दैन त्योजत्तिको बेवकुफ नेता अरु कोही हुँदैन ।’

प्रधानमन्त्री खानको यो अभिव्यक्ति अहिले निकै चर्चामा छ । उनको यो भनाईबारे सबै पत्रिकाहरुमा समाचारमात्र बनेन, सामाजिक सन्जालमा पनि भाइरल भइरहेको छ । पाकिस्तानका सन्चारमाध्यमहरुका अनुसार खानले नेपोलियन बोनापार्ट र हिटलरको उदाहरणसमेत दिएका थिए । उनीहरुले ‘यू-टर्न’ नलिएर ऐतिहासिक गल्ती गरे, त्यसैले हार व्यहोर्नुपर्‍यो ।

पाकिस्तानको पत्रिका नवा-ए-वक्तका अनुसार खानले भनेका छन्, ‘यूटर्न नलिनेहरु नेता नै होइनन् । यो एक रणनीति हो ।’

इमरान खानको यस अभिव्यक्तिको विपक्षी पार्टीहरुले खिल्ली उडाइरहेका छन् । पाकिस्तान पिपुल्स पार्टीका नेता खुर्शिद शाहले भनेका छन्, इमरान खानले हिटलरको उदाहरण दिएर यो साबित गरेका छन् कि उनी आफैं पनि हिटलर हुन् । यसैगरी मुस्लिम लीग (नुन)का नेता सानिया आशिकले भनेका छन् – के इमरान खान आफूमात्र पाकिस्तानका एकमात्र नेता हुन् रु किनकी उनी यूटर्न लिन निकै माहिर छन् ।

इमरान खानको मन्त्रिपरिषदका एक मन्त्री केन्द्रीय सूचना एवम् प्रसारण मन्त्री फव्वाद चौधरीको पनि निकै मजाक उडाइएको छ । अखबार जंगले एक समाचारमा लेखेको छ, ‘फव्वाद चौधरीको ४०५ खर्बको यूटर्न सार्वजनिक भएको छ ।’

अखबारका अनुसार फव्वाद चौधरीले संसदमा भनेका थिए, केन्द्र सरकारले पछिल्लो दस वर्षमा बलुचिस्तानलाई ४२० खर्ब रुपैयाँ सहायता दिएको छ । तर त्यसको दुई दिनपछि नै फव्वाद चौधरीले भने-पछिल्लो १० वर्षमा पाकिस्तानको केन्द्र सरकारले बलुचिस्तानमा केवल १५ खर्ब रुपैयाँको योगदान दिएको छ ।


वअन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरुण अधिकारी

वअन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरुण अधिकारी

२०८२ वैशाख ७ आइतवार

 काठमाडौँ। विश्वभरिका नेपाली सेफहरूलाई एकीकृत गर्ने उद्देश्यले काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय...

धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा बाध्न सहयोग पुर्‍याउछ: उपाध्यक्ष डा.लामा

धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा बाध्न सहयोग पुर्‍याउछ: उपाध्यक्ष डा.लामा

२०८१ चैत २७ बुधवार

काठमाडौ । धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा...

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

२०८१ पुस २ मंगलवार

लुम्बिनी । भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा आइतबार देखि...

प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश

प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश

२०८१ साउन ४ शुक्रवार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा...

चीनको सपिङ सेन्टरमा आगलागी, कम्तीमा १६ जनाको मृत्यु

चीनको सपिङ सेन्टरमा आगलागी, कम्तीमा १६ जनाको मृत्यु

२०८१ साउन ३ बिहीवार

काठमाडौँ । चीनको एक १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा...

ट्रम्पमाथि गोली प्रहार : गोली हान्ने व्यक्ति र एक ट्रम्प समर्थकको मृत्यु

ट्रम्पमाथि गोली प्रहार : गोली हान्ने व्यक्ति र एक ट्रम्प समर्थकको मृत्यु

२०८१ असार ३० आइतवार

एजेन्सी। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको घटनाले...