रुकुममा बन्दुकले हानेर श्रीमती र छोराको हत्या

4.93K
shares

काठमाडौं । पश्चिम रूकुमको त्रिवेणि गाउँपालिका-१ बल्लेजुरामा एकजनाले श्रीमती र छोराको हत्या गरेका छन् ।

४९ वर्षीय सत्तबहादुर बुढाले आइतबार विहान साढे ७ बजेको समयमा भरुवा बन्दुक र धारिलो हतियार प्रहार गरी ४२ वर्षीय श्रीमती इन्द्रकला र ११ वर्षीय छोरा स्वयमप्रकाशको हत्या गरेका हुन् ।

हत्यामा संलग्न सत्तबहादुरलाई पक्राउ गरिसकिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा सत्तबहाुरले नै हत्या गरेको पुष्टि भएपनि घटना किन भयो भन्ने बारे थप अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले बताएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083