बत्तीसपुतलीको होटल मिराज लर्डस इनमा प्रहरीको छापा, १३ ठूला व्यापारी पक्राउ

6.02K
shares

काठमाडौं । प्रहरीले काठमाडौं बत्तिसपुतलीमा रहेको भारतीय होटल कम्पनी मिराजको नेपालस्थित होटल मिराज लर्डस इनमा छापा मारेको छ।

महेश गोयल सञ्चालक रहेको होटलको पाँचौ तलाको कोठा नंम्बर ५०२ मा जुवा खेलिरहेका १३ जनालाई ७ लाख ६० हजार रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएर कारबाही थालेको हो। महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी नायब उपरीक्षक सुनिल मल्लको कमाण्डमा गएको टोलीले जुवा खेलिरहेको व्यापारीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरुको नाम खुलाईएको छैन। होटल मिराजमा लामो समयदेखि ठूलो खाल बस्ने गरेको सूचना पाएको प्रहरीले शनिबार राति छापा मारेको हो।

काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्तकुमार लामाले होटल मिराजबाट केही धनाढ्य व्यवसायी पक्राउ परेको पुष्टि गरेका छन्। एसएसपी लामाले अहिले अनुसन्धान भइरहेको र केही समयमा पक्राउ पर्नेहरुको नाम सार्वजनिक गर्ने बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083