चीन र रुससँग युद्ध भयो भने अमेरिकाको हार निश्चित !
वि.सं.२०७५ मंसिर ४ मंगलवार १४:४९
shares

एजेन्सी। अमेरिकाले अहिले रुस र चीनसँग युद्ध गर्यो भने हार्ने निश्चित भएको रिपोर्ट सार्वजनिक भएको छ। उक्त रिपोर्टमा रुस र चीनले लगातार आफ्नो शक्ति बढाइरहेको उल्लेख छ। रिपोर्टमा रुस र चीनले लगातार नयाँ हतियार निर्माण गरेर अमेरिकालागि चुनौती भएका छन्।
अमेरिकाको संसदीय प्यानलले गत बुधबार जारी गरेको एक रिपोर्टमा अमेरिकाले राष्ट्रिय सुरक्षा र सैन्य संकटको सामना गरिरहेको र अमेरिकाले रुस र चीनसँग युद्ध भयो भने हार्ने अवस्था रहेको चेतावनी पनि दिइएको अन्तर्राष्ट्रिय संचारमाध्मले जनाएका छन्। अमेरिकी कांग्रेसले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रिय रक्षा रणनीति (एनडीएस) अध्ययन गर्न आग्रह पनि गरेको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पको यो नीति मस्को र बेइजिङसँग शक्ति पाउन नयाँ होडलाई रेखांकित गर्ने संचारमाध्यमले उल्लेख गरेका छन्। अमेरिकी सेना बजेट कटौती र सैनिकले पाउने सुविधा कटौतीको सामना गरिरहेका छन् भने अर्कोतर्फ रुस र चीन जस्ता मुलुक अमेरिकी शक्तिसँग सन्तुलन कायम गर्न आफ्नो शक्ति बढाइरहेका छन्।
उक्त रिपोर्टका अनुसार अमेरिकी सैन्य श्रेष्ठता र राष्ट्रिय सुरक्षा खतरनाक स्तरमा बिग्रिएको छ। यो शताब्दीमा आतंकवाद विरुद्धको लडाइँमा अमेरिकाले आफ्नो ध्यान केन्द्रित गर्दा उ युद्धको अन्य क्षेत्र जस्तै मिसाइल रक्षा, साइबर र अन्तरिक्ष अभियानसहित अन्य क्षेत्रमा पछि परिरहेको छ।
































