अफ्रिकाका नयाँ पाहुना सानु र सानी नेपालमा

3.98K
shares

काठमाडौँ । सदर चिडियाखानामा अफ्रिकी जन्तु ‘रिङटेल्ड लिमुर’ नयाँ पाहुना थपिएको छ । अफ्रिकाको म्याडागास्कर टापु र आसपासका केही सीमित छिमेकी टापुमा मात्रै पाइने यो जन्तुलाई चिडियाखानाले प्रदर्शनीमा राखिएको हो ।

बाँदर प्रजातीको एक जोडी भाले पोथी ‘रिङटेल्ड लिमुर’ लाई विशेष प्रकृतिको खोर निर्माण गरी गत शुक्रवारदेखि चिडियाखानाले प्रदर्शनीमा राखेको हो । सानु र सानी नेपाली नाम दिइएका यो जोडीलाई अफ्रिकी वातावरणको झल्को दिनेगरी ‘एसी’ जडित खोरमा राखिएको छ भने आवश्यकता अनुसार बाहिरी वातावरणमा निस्कने र घुलमिल हुने संरचना पनि तयार गरिएको छ ।

सानु र सानीलाई अफ्रिकाले नेपाललाई उपहार स्वरुप पठाएको भने होइन । गत वर्ष साउन पहिलो साता प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइवी) ले काठमाडौंबाट नियन्त्रणमा लिएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग मार्फत सदर चिडियाखाना पु¥याइएको थियो । विभागले हस्तान्तरण गरेका ‘रिङटेल्ड लिमुर’ का बच्चालाई चिडियाखानाको क्वारेन्टाइनमा राखेर हुकाईएको चिडियाखानाका आयोजना व्यवस्थापक डा। चिरञ्जिवी प्रसाद पोखरेलले जानकारी दिनुभयो ।


Mitsubishi Long Ad