फोनमा कुरा गर्दागर्दै अमेरिकामा नेपाली युवाले गरे आत्महत्या

3.17K
shares

क्यालिफोर्निया । साथीसँग फोनमा कुरा गर्दागर्दै एक नेपाली युवाले अमेरिकाको क्यालिफोर्नियामा पासो लगाएर आत्महत्या गरेका छन् । सन्नीभेल सहरमा बस्दै गरेका २४ बर्षीय गणेश तिवारीले विहीबार आत्महत्या गरेका हुन् । उनी नवलपरासीका हुन् ।

आत्महत्या गर्नुअघि तिवारीले नजिकै बस्नै अर्की एक साथीलाई भिडियो कल गर्दै आत्महत्या गर्न लागेको बताएका थिए । परीक्षा दिन तयार रहेकी ती साथीले जिस्किएको ठानिन् ।

अमेरिका आएपछि पहिला पनि कोसिस गरेँ, तर सकिँन भन्थ्यो, उनका एक साथीले भने, जे कुरा गर्दा पनि एकदम उत्साहित हुन्थ्यो, जसले जे गरम् भने पनि ल गरम गरम भन्थ्यो ।


Mitsubishi Long Ad