हेजबुल्लाहको सुरूङ नष्ट गर्ने अभियानमा अमेरिकाको सहयोग

5.12K
shares

अमेरिका । इरानको समर्थन प्राप्त लेबनानी सिया मुसलमानहरूको राजनीतिक तथा अर्धसैनिक संगठन, हेजबुल्लाह समूहको सुरूङ नष्ट गर्ने इजरायली सैनिकको अभियानमा अमेरिकाले पूर्ण सहयोग गर्ने वासिङ्टनले मङ्गलबार बताएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहाकार जोन बोल्टनले भने, “अमेरिकी सरकार इजरायलको सार्वभौमसत्ताको सुरक्षा प्रयासमा पूर्णरूपमा इजरायलको पक्षमा उभिने छ। अमेरिकाले इरान र यस क्षेत्रमा रहेका उसका सहयोगीहरूलाई मध्यपूर्वलाई तनावमा नलान आग्रह गर्दै बोल्टनले अमेरिका इजरायलको पक्षमा जस्तोसुकै सहयोग गर्न तयार रहने बताए।

बोल्टनले थपे, “अझ व्यापक रूपमा भन्दा हामीले इरान र यसका सहयोगीलाई मध्यपूर्वलाई उत्तेजित नवनाउन र इरान सिर्जित हिंसा रोक्न वासिङ्टन आग्रह गर्दछ। इरानी गतिविधिले इजरायली सुरक्षामा खतरा उत्पन्न गरेको र यो अमेरिकाका लागि कदापी स्वीकार्य हुनेछैन।”

वर्तमान् ट्रम्प प्रशासनले इरानद्वारा मध्यपूर्वमा सुरक्षा बढाएको निष्कर्षका साथ इरानसँग भएको आणविक सम्झौताबाट फिर्ता हुने र तेहरानलाई हिंसात्मक गतिविधि सञ्चालन गर्नबाट रोक्न भन्दै इरानविरुद्ध कठोर आर्थिक नाकाबन्दीको घोषणा गरेको छ। अमेरिकी नाकाबन्दीका कारण इरानी मुद्रा व्यापक रूपमा गिरावट आएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083