पर्साका एक युवा भक्तपुरमा मृत फेला

4.81K
shares

भक्तपुर । पर्सा ठोरी गाउँपालिका–३ घर भई हाल मध्यपुर थिमि नगरपालिका–१ लोकन्थली बस्ने ४८ वर्षीय किरण पन्त मृत अवस्थामा फेला परेका हुन्।

बुधबार मथिनपा।–१ कौशलटारस्थित भित्री सडक खण्डमा अचेत अवस्थामा रहेको जानकारी हुनासाथ उपचारका लागि प्रहरीले भक्तपुर अस्पताल लगेकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। शवलाई पोसमार्टमको लागि भक्तपुर अस्पताल राखिएको छ।

घटनाबारे थप अनुसन्धान कार्य भइरहेको भक्तपुरका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक रेवती रमण पोखरेलले जानकारी दिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083