संरचना निर्माण नभएका आयोजना तत्काल प्रदेश र स्थानीय तहमा पठाउन सकिन्न : अर्थमन्त्री खतिवडा

6.11K
shares

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले संरचना समेत निर्माण नभएकाले ठूला विकास आयोजनाको काम तत्काल प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्न नसकिएको स्पष्ट पारेका छन्। अर्थमन्त्री खतिवडाले कर्मचारी समायोजन, क्षमता विकास हुने वित्तिकै सरकारले ठूला विकास आयोजनाको काम पनि प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्दै लैजाने योजना पनि अघि सारे।

बुधबार संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले संवैधानिक व्यवस्था अनुसार सेवा प्रवाहको काममा प्रतिकूल असर पर्न नदिन पनि सरकारले प्रदेश र स्थानीय तहको वित्तीय व्यवस्थापनको कामलाई क्रमिक रुपमा हस्तान्तरण गर्दै लैजाने व्यवस्था गर्नु परेको पनि स्मरण गराए। बैठकमा समितिका सदस्यहरुले वित्तिय स्रोत किन प्रदेश र स्थानीय तहका लागि पर्याप्त व्यवस्था नगरेको भनि मन्त्री खतिवडालाई प्रश्न गरेका थिए।

त्यसको जवाफ दिने क्रममा मन्त्री खतिवडाले स्थानीय तह क्रमशः व्यवस्थित हुँदै जाने र त्यसपछि उनीहरुलाई सबै वित्तिय स्रोत हस्तान्तरण गर्ने सरकारको योजना रहेको पनि बताए। अर्थमन्त्री खतिवडाले स्थानीय र प्रदेशमा देखिएको करसम्बन्धि विवाद समाधान गर्न आगामी आईतबार अन्तर सरकारी समन्वय परिषदको बैठक बोलाइएको पनि समितिलाई जानकारी गराए। उनले बैठकमा स्थानीय र प्रदेश सरकारको बजेट खर्चबारे पनि समिक्षा हुने बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083