भारतमा मतगणना, भाजपालाई झड्का कङ्ग्रेलाई राहत

6.79K
shares

भोपाल, भारत । भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनको मतगणना जारी छ । मतगणनाको प्राप्त पछिल्लो विवरण अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी र राहुल गान्धी नेतृत्वको कङ्ग्रेस आईबीच कडा टक्कर भइरहेको छ। हालै निर्वाचन भएका राज्यहरुमा मध्यप्रदेश, राजस्थान, छत्तीसगढ, मिजोरम र तेलङ्गाना रहेका छन्।

मध्यप्रदेश र राजस्थानमा यसअघि भारतीय जनता पार्टीको सरकार थियो। उक्त दुवै राज्यमा कङ्ग्रेसले कडा टक्कर दिइरहेको छ। मध्यप्रदेशमा २३० सदस्यीय विधानसभामा कङ्ग्रेस ११० र भाजपाले १०८ स्थानमा अगाडि छन्। यहाँ मतगणना जारी छ।

अर्को महत्वपूर्ण राज्य राजस्थानमा कङ्ग्रेसले ५२ र सत्तारुढ दल भाजपाले ३९ स्थानमा अग्रता बनाएका छन्। यहाँको विधानसभा २०० सदस्यीय छ। दुवै पार्टीका नेता, कार्यकर्ता र समर्थकहरु सडकमा उत्रिएर नाराबाजी गरिरहेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083