इपिएल : सुपर ओभरमा पारसको विराटनगरको रोमाञ्चक जित
वि.सं.२०७५ मंसिर २५ मंगलवार १४:२२
shares

काठमाडौँ । एभरेस्ट प्रिमियर लिगको दोस्रो खेलमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको विराटनगर वारियर्सले जित निकालेको छ।
पोखरा राइनोज विरुद्धको खेलमा दुवै टिमले रन बराबरी बनाएपछि सुपर ओभर खेलाइएको थियो। सुपर ओभरमा विराटनगर खेल जित्न सफल भएको हो। सुपर ओभरमा विराटनगर २० रन जोड्न सफल भयो भने पोखराले १३ रन बनायो।
मंगलबार बिहान टस हारेर पोखराले पहिले ब्याटिङको निम्तो पाएको थियो। सुरुवाती ब्याटिङ गरेको पोखरा निर्धारित २० ओभर खेल्दा ७ विकेटको क्षतिमा मात्र ८४ रन बनाउन सफल भएको थियो। जवाफी ब्याटिङमा उत्रेको विराटनगरले ३ बल बाँकी रहँदा सबै विकेट गुमाएर ८४ रननै बनाएपछि सुपर ओभर खेलाइएको थियो। यस जितसँगै विराटनगर वारियर्स लिगमा ४ अंक बटुल्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ।
विराटनगरले दोस्रो चरणमा पुग्ने बलियो संभावना बनाउँदा पराजित पोखरा भने अंकविहीन छ। पोखराको दोस्रो चरणमा पुग्ने संभावना कमजोर बनेको छ।


























