अमेरिकाले पाकिस्तानलाई कालोसूचिमा राख्यो

4.26K
shares

बीबीसी। पाकिस्तानबाट प्रकाशित हुने उर्दू अखबारहरुले यो हप्ता धार्मिक स्वतन्त्रताका विषयमा अमेरिकाले पाकिस्तानलाई कालो सूचिमा राखेको, इमरान खान आफ्ना मन्त्रीहरुप्रति असन्तुष्ट बनेको र पाकिस्तान र तालिबानबीच वार्ता भएको लगायतका विषयलाई प्राथमिकताकासाथ स्थान दिएका छन्।

उर्दू पत्रिका एक्सप्रेसका अनुसार अमेरिकाले पाकिस्तानमाथि धार्मिक स्वतन्त्रता नभएको आरोप लगाएको छ। अमेरिकाले पाकिस्तानलाई ती मुलुकहरुसँगै कालोसूचिमा राखेको छ, जसमा अमेरिकाका अनुसार अल्पसंख्यकहरुको धार्मिक स्वतन्त्रता छैन। चीन, इरान, साउदी अरब। इरिट्रिया, म्यानमार, उत्तर कोरिया, सुडान, तजाकिस्तान, तुर्केमेनिस्तानलाई अमेरिकाले पहिलाबाटै कालोसूचिमा राखेको थियो, अब यो लिस्टमा पाकिस्तान पनि गरेको छ।

उक्त प्रत्रिकाका अनुसार अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले अमेरिकी संसदको वार्षिक प्रतिवेदनमा पाकिस्तानलाई पनि कालोसूचिमा समावेश गर्न सिफारिस गरेका छन्। एक वर्ष पहिला अमेरिकाले पाकिस्तानलाई चेतावनी दिँदै ‘निगरानी लिस्ट’ मा राखेको थियो।

जंग पत्रिकाका अनुसार कालोसूचिमा राखिएपछि अमेरिकाले पाकिस्तानमाथि आर्थिक नाकाबन्दी पनि लगाउन सक्नेछ। यद्यपी पाकिस्तानको कडा विरोधपछि तत्काकालागि आर्थिक नाकाबन्दीको सम्भावना भने टरेको छ। पाकिस्तानले अमेरिकाको उक्त निर्णयलाई एकतर्फी र पक्षपातपूर्ण भनेको छ। पाकिस्तानका विदेश विभागका प्रवक्ता डा। फैसलले एक विज्ञप्ति जारी गर्दै पाकिस्तानलाई आफ्ना अल्पसंख्यक नागरिकको धार्मिक अधिकार सुरक्षित गर्नकालागि अन्य मुलुकको सुझाव आवश्यक नपर्ने बताएका छन्।

जंग पत्रिकाका अनुसार अमेरिकी विदेशमन्त्री माइल पोम्पियोले एक विज्ञप्ति जारी गर्दै पाकिस्तानलाई कुनै पनि आर्थिक नाबाकन्दी नलगाउने बताएका छन्। एक्सप्रेस पत्रिकाका अनुसार अमेरिकी उक्त निर्णयप्रति पाकिस्तानले कडा विरोध जनाएको छ। अमेरिकी राजदूतलाई विदेश मन्त्रालयमा बोलाएर पाकिस्तानले आफ्नो विरोध जनाएको हो। त्यसको भोलिपल्ट अमेरिकाले पाकिस्तानमाथि कुनै पनि प्रकारको आर्थिक नाकाबन्दी नलगाएको स्पष्ट पारेको हो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083