५० लाख मतदाताले नेकपालालाई खोज्दा कतै पनि नभेट्ने अवस्था आयो गौतम

4.32K
shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य बामदेव गौतमले चुनावमा बागठबनधनलाई भोट हालेका ५० लाख मतदाताले नेकपा खोज्दै आँखा घुमाएपनि कतै नदेख्ने अवस्था आएको बताएका छन् । उनले स्थायी समितिमा पेश गरेको राजनीतिक प्रतिवेदनमामार्फत यस्तो बताएका हुन् । पार्टी नेताहरुको गैरजिम्मेवार रबैयाले यस्तो स्थिति आएको नेता गौतमको विश्लेषण छ ।

नेता गौतमले ओलीलाई प्रधानमन्त्री बनाउँदा हतारमा निर्णय गरिएको पनि प्रतिवेदनमा बताएका छन् । फोरमलाई सरकारमा सहभागी गराउने विषयमा पनि पार्टीमा संस्थागत निर्णय नभएको र ओ लीले एकलौटी गरेको उनले बताएका छन् । त्यस्तै विवादमा परेको यूनिभर्सल पिस फेडरेशनको कार्यक्रममा सरकार र पार्टी नेताको सहभागितामाथि पनि गौतमले प्रश्न उठाएका छन् ।

नेता गौतमले पार्टी कमिटी अधिकार विहिन भएको भन्दै आपत्ति जनाएका मात्रै छैनन्, मुख्य व्यक्तिले नै पार्टी अनुशासन मिचेको आरोपसमेत प्रतिवेदनमा लगाएका छन् । नेता गौतमले नेकपा जन्मदाँदेखि नै गुटबन्दीको शिकार भएको पनि बताएका छन् । उनले अहिले पार्टीभित्र कसैले गोप्य प्रशिक्षण चलाएको उल्लेख गरेका छन् ।

अहिलेको तरिकाले सरकार चले त्यसले आगामी निर्वाचनमा नेकपालाई गम्भिर धक्का लाग्ने बताएका छन् । पार्टी स्थायी कमिटीमा आफ्नो तर्फबाट छुट्टै प्रतिवेदन पेश गर्दै नेता गौतमले दुईतिहाई बहुमतको सरकार आफैंलाई च्याप्न थालेको उल्लेख गरेका छन् । सरकारको गतिहिनता साथै पार्टीमा संगठनात्मक शुन्यताले ७ लाख पार्टी सदस्य शुभचिन्तकमा कुण्ठा, निराशा र हतोत्साह देखा पर्न थालेको र पार्टीले कार्यकर्तालाई अलपत्र पारेको गौतमको प्रतिवेदनमा उल्लेख गरेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083