श्रीलंकामा नयाँ सरकार गठन :२९ मन्त्रीले लिए सपथ

5.95K
shares

कोलोम्बो । गत अक्टोबर महिना देखी शुरु भएको श्रीलंकाको राजनीतिक संकटले अल्पकालिन मुक्ती पाएको छ । राष्ट्रपति मैत्रिपाला सिरिसेना र वर्तमान प्रधानमन्त्री रनिल विक्रमासिंघेबीच उत्पन्न राजनीतिक गतिरोध पछि श्रीलंका राजनीतिले अनेकौं दाग स्वीकार गर्न बाध्य भयो ।

संसदमा खुर्सानीको धुलो प्रहार, सांसदबीच कुटाकुट र सांसद किनबेच सँगै राजनीतिक द्वन्दले हिंसा भडकिने अबस्था पछि राष्ट्रपति सिरिसेना पछि हट्न बाध्य भए । पूर्व राष्ट्रपति महिन्द्रा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गर्दै नयाँ राजनीतिक समिकरण बनाएका राष्ट्रपति सिरिसेनाको पछिल्लो कदमको चौतर्फी आलोचना भए पछि विक्रमासिंघे सँग सहकार्य गर्न राजी भए । संसद र अदालतको सम्मान गर्दै आफ्नो पूर्व गल्तीलाई सच्याउँदै विक्रमासिंघेलाई प्रधानमन्त्रीमा नियूक्त गरेका थिए ।

लामो गतिरोध पछि तत्कालको निम्ती श्रीलंका संकटले पार पाउँदा पूर्ननियुक्ती पाएका प्रधानमन्त्री विक्रमासिंघेले बिहिबार २९ सदस्यीय मन्त्रीमण्डल गठन गर्न सफल भएका हुन् ।नियूक्त मन्त्रीहरुले राष्ट्रपति सिरिसेना सामु सपथ लिएका हुन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083