बंगलादेश चुनाव : शेख हसिनाको एकतर्फी जित, विपक्षीलाई मात्र सात सिट

4.25K
shares

बीबीसी । बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाको पार्टीले लगातार तेस्रो पटक जित हासिलगरेको छ। हसिना २००९ देखि बंगलादेशीकी प्रधानमन्त्री छिन्। हसिनाका सत्तारुढ दल अवामी लिगले ३५० संसदीय सिटमध्ये २८१ सिटमा जित हासिल गरेको छ। हसिनाको पार्टीले गत चुनावभन्दा पनि यो चुनावमा बढी सिटमा जित हासिल गरेको छ।

उता बंगलादेशको विपक्षी दलहरुले आइतबार भएको चुनावमा निन्दा गर्दै चुनावलाई ‘हास्यापद’ भनेको छ। विपक्षी दलले फेरि मतदान हुनुपर्ने माग गरेका छन्। विपक्षी गठबन्धनले मात्र सात सिटमा जित हासिल गरेका छन्। चुनावमा ठूलो धाँधली भएको आरोप लागेको छ। विपक्षी नेता कमाल हुसेनले भने–हामी निर्वाचन आयोगलाई यो हास्यास्पद चुनावलाई अमान्य घोषणा गर्न आग्रह गर्छौं ।

बंगलादेशको प्रमुख प्रतिपक्ष दल बीएनपीले मात्र सात सिटमा जित हासिल गरेको छ। बीएनपी प्रमुख खालिदा जियाले चुनावमा भाग लिन पाइनन्। भ्रष्टाचारको मुद्दामा जेलमा बन्दी जीवन बिताइरहेकी छन्। विपक्षी गठबन्धनको नेतृत्व ८१ वर्षीय वकिल कमाल हुसेनले गरेका थिए। कमाल हुसेनले देशको संविधान बनाएका थिए भने उनी चुनावमा उठेका थिएनन्। आइतबार भएको चनावमा विभिन्न घटनामा परी १७ जनाको मृत्यु भएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083