पाकिस्तानको राष्ट्रिय मिठाई गुलाब जामुन !

वि.सं.२०७५ पुस २५ बुधवार १५:२९
shares

एजेन्सी । पाकिस्तान सरकारले आफ्नो अफिसियल ट्वीटर एकाउन्टमा देशबासीसँग एक सवाल गरेको थियो । पाकिस्तानको राष्ट्रिय मिठाई कुन हो ? यस सवालमा राखिएका तीन विकल्पमा जेरी,गुलाव जामुन र वर्फी मध्ये अधिंकाश पाकिस्तानीले गुलाव जामुनलाई रोज्दै ट्वीटरमा जवाफ र कमेन्टको वाढी नै ल्याए ।
केही मानिसले मनोरञ्जनात्मक शैलीमा जवाफ फर्काउँदै भने, जे मिल्छ त्यसैलाई राष्ट्रिय मिठाई मान्दै खाइदिन्छौं । पाकिस्तान सरकारको ट्वीटर सवालमा जवाफ दिन तम्सीएका १५ हजार मानिस मध्ये ४७ प्रतिशतले गुलाव जामुन, ३४ प्रतिशतले वर्फी र १९ प्रतिशतले जेरीलाई रोजेका थिए ।
सरकारी ट्वीटरको ५ लाख फलोअर्स रहे पनि पाकिस्तानको जनसंख्या १९. ७ करोड रहेको छ । केवल १५ हजार ट्वीटर जवाफ कर्ताको जवाफलाई आधिकारीक मान्दै गुलाव जामुनलाई राष्ट्रिय मिठाई मान्ने धारणामा देशवासीको विरोध नरहने सरकारको धारणा रहेको छ ।