इस्लाम त्याग्दै साउदीबाट भागेकी १८ वर्षीय युवतीलाई शरणार्थी मान्यता

3.77K
shares

एजेन्सी । साउदी अरेबीयाकी एक युवतीले शरणार्थीको मान्यता पाएको संयुक्त राष्ट्रसंघले घोषणा गरेको छ।

इस्लाम परित्याग गर्दै आफ्नो परिवारबाट भागेर अष्ट्रेलिया जान बैंकक पुगेकी १८ वर्षीय रहाफ मोहम्मद अल कुनुनले सोमबार कुवेत फर्कन अस्वीकार गरेकी थिइन्। अष्ट्रेलिया जाने क्रममा कुनुनलाई बैंककको विमानस्थलमा रोकिएको थियो। बैंककका अधिकारीहरुले उनी कुवेत फिर्ता जानै पर्ने अडान लिएका थिए।

तर कुनुनले आफूलाई कुवेत पठाइन लागेको विमान नउडेसम्म आफूलाई कोठामै बन्द गरी आन्दोलन गरेकी थिइन्। बैंककले जवरजस्ती आफूलाई साउदी फर्काउन चाहेको आरोप उनले लगाएकी थिइन।

इस्लामको विरुद्ध गएकाले आफूलाई परिवारले मार्ने सक्ने भन्दै उनले घर साउदी नजाने बताउँदै शरणार्थी एजेन्सीको सहयोग माग गरेकी थिइन्। संयुक्त राष्ट्रसंघले उनलाई शरणर्थीको मान्यता दिन अष्ट्रेलियालाई आग्रह गरेको थियो। उत्तरमा अष्ट्रेलियाको गृह मन्त्रालयले उनलाई शरणार्थी मान्यता दिने बताएको हो।

कुनुनका बुवा र भाइ थाइल्यान्ड पुगेपनि उनीहरुलाई भेट्न कुनुनले अस्वीकार गर्दै आएकी छिन्। कुनुनले देखाएको यो साहसको विश्व भरबाट प्रशंसा भइरहेको छ। साउदीमा महिलाहरुलाई विदेश भ्रमण गर्न वा पासपोर्ट बनाउनका लागि आफ्नो पुरुष आफन्त व साथीको स्वीकृती चाहिन्छ।


Mitsubishi Long Ad