कांग्रेस नेता गोविन्दराज जोशीको ५ वर्षका लागि पार्टी सदस्यता खारेज

9.36K
shares

काठमाडौं । कांग्रेस नेता गोविन्दराज जोशीको पार्टी सदस्यता ५ वर्षको लागि खारेज गरिएको छ । तनहुँमा स्थानीय, प्रदेश र संघको निवार्चनमा पार्टीका आधिकारीक उम्मेद्वारा विरुद्ध विद्रोही उम्मेद्वार बनेको भन्दैं नेपाली कांग्रेसले जोशीको पार्टी सदस्यता खारेज गरेको हो ।

पार्टीको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा ४९ (११) ख तथा नेपाली कांग्रेसको नियमावली २०६८ को नियम ४१ (१) बमोजिम ५ वर्षका लागि पार्टी सदस्यता खारेज गरिएको हो ।

गत वर्ष सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध विद्रोही उम्मेद्वार बनेका पूर्व गृहमन्त्री गोविन्दराज जोशीसहित उनका प्रस्तावक र समर्थक हरिशरण पण्डित र रामदेव पन्त तथा समर्थकहरुको पनि पार्टी सदस्यता खारेज गरिएको छ ।

नेपाली कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेद्वारा पुष १९ मा पठाएको पत्र बमोजिम कांगेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी पत्रमा पार्टीका आधिकारिक उम्मेद्वार विरुद्ध विद्रोही उम्मेद्वार बनेका र त्यसका प्रस्तावक तथा समर्थकको पार्टी सदस्यता ५ वर्षका लागि खारेज गरिएको उल्लेख गरिएको छ ।


Mitsubishi Long Ad