सांसदहरुलाई जवाफ दिन सरकारलाई रुलिङ

5.25K
shares

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सरकारलाई रुलिङ गरेका छन् । बुधबारको बैठकमा अध्यक्ष तिमिल्सिनाले शून्य र विशेष समयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन् । उनले भने, ‘राष्ट्रियसभा नियमावलि २०७५को नियम १५ को उपनियमा २ बमोजिम शून्य समय र विशेष समयमा उठेका सार्वजनिक सरोकारका समसामयिक विषयहरुको जवाफ ५ दिन भित्र सदनलाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित माननीय मन्त्रीहरुलाई निर्देश गर्दछु ।

यसैबीच आजको बैठकले प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड) विधेयक २०७५लाई विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रधानमन्त्रीको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले सो विधेयक पेश गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक माघ २ गते १ बजेका लागि बोलाइएको छ ।


Mitsubishi Long Ad