इयूबाट छुट्टिने बेलायतको प्रधानमन्त्री मेको प्रस्ताव संसदमा अस्वीकृत

5.21K
shares

एजेन्सी । बेलायतकी प्रधानमन्त्री थेरासा मेले बेलायतलाई युरोपियन युनियनबाट बाहिरिनका लागि गरेको ब्रेक्जिट प्रस्तावलाई बेलायती संसदले अस्वीकृत गरिदिएको छ। प्रस्ताव संसदबाट अस्वीकृत भएसँगै युरोपियन युनियनबाट छुट्टिने बेलायतको कदम अनिश्चित भएको छ।

मेले गरेको प्रस्तावका पक्षमा २०२ मत परेको थियो भने विपक्षमा ४३२ मत परेको थियो। मे कै पार्टीका सांसदहरुले समेत उनको प्रस्ताव विरुद्ध मतदान गरेको बताइएको छ।

मेले गरेको प्रस्तावहरुमा धेरै सांसदहरुले असहमति जनाएकोले संसदमा मेले ठूलो पराजय भोग्नु परेको बताइएको छ। प्रस्ताव पारित नभएपछि मेले त्यसबारे कुनै प्रतिक्रिया नदिने बताउँदै ब्रिटेनका जनताले सन् २०१६ मा दिएको अभिमत बारे विचार गर्न सबैलाई आग्रह गरेकी छिन्।

मे नेतृत्वको सरकारले अब संसदमा अविश्वासको प्रस्तावको सामाना गर्नुपर्नेछ। प्रस्ताव अस्वीकृत भएसँगै प्रतिपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। अविश्वासको प्रस्तावबारे आजै संसदमा छलफल हुँदैछ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083