अमेरिकाले पठायो नेपालीलाई ल्होसारको शुभकामना

5.36K
shares

काठमाडौँ । नेपाल र अमेरिकाबीच तिक्तता बढेको भन्ने हल्ला बाहिर आइरहँदा अमेरिकाले नेपालीलाई ल्होसारको शुभकामना पठाएको छ । अमेरिकी सरकारको तर्फबाट अमेरिकी विदेशी मन्त्री माइकल आर पम्पेओले एक सन्देश पठाई नेपालीलाई ल्होसारको शुभकामना दिएका हुन् ।

‘अमेरिकी सरकारको तर्फबाट हिमालय क्षेत्रका मानिसहरू र भुटान, नेपाल, भारत तथा जनवादी गणतन्त्र चीन लगायत विश्वभरका तिब्बतीहरूलाई ल्होसारको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु,’ अमेरिकी विदेश मन्त्री पम्पेओले सन्देशमा भनेका छन् ।

सन्देशमा उनले अमेरिका नेपालको स्थिर साझेदार तथा मित्रका रुपमा रहिरहने बताएका छन् । ‘नयाँ वर्ष मनाउने क्रममा यस वर्ष तपाईं, तपाईंका परिवार तथा तपाईंका समुदायहरू एक ठाउँमा भेला हुँदै गर्दा संयुक्त राज्य अमेरिका यहाँहरूको स्थिर साझेदार तथा मित्रका रूपमा रहिरहने विश्वास दिलाउन चाहन्छु,’ अमेरिकी विदेश मन्त्रीको सन्देशमा उल्लेख छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083