बंगलादेशमा भीषण आगलागी, मृत्यु हुनेको संख्या ७० पुग्यो

4.99K
shares

काठमाडौँ । बंगलादेशको राजधानी ढाकामा भएको आगलागीमा परेर मृत्यु हुनेको सङ्ख्या ७० पुगेको अधिकारीहरूले जनाएका छन्। उनीहरूका अनुसार थुप्रै घाइते भएका छन्। घाइतेमध्ये केही गम्भीर रूपमा जलेका छन्।

अग्नि नियन्त्रण सेवाका महानिर्देशक अली अहमद खानले हामीलाई बताए अनुसार राति १० बजपछि आगो लागेको हो। राजधानीको पुरानो र ऐतिहासिक शहरी इलाकाको चोकबजारको एउटा भवनबाट आगो सुरू भएको थियो। उक्त भवनमा रासायनिक पदार्थको गोदाम पनि थियो।

हेर्दा हेर्दै आगो अर्को भवनमा पनि फैलियो। आगो नियन्त्रणमा लिन ३७ वटा दमकल त्यहाँ पुगेका थिए। आगो बिहान मात्र नियन्त्रणमा लिन सकिएको अधिकारीहरूले बताएका छन्। महानिर्देशक खानका अनुसार आगो लाग्नुको कारण थाहा भएको छैन।

खानले भने, केहीले सिलिन्डर विस्फोट हुँदा आगो लागेको बताएका छन्। तर अनुसन्धानपछि मात्र सत्य थाहा हुनेछ। त्यहाँ प्लास्टिक र रासायनिक पदार्थ भएकाले आगो तीव्र रूपमा फैलिएको हो। उनका अनुसार साँघुरो बाटो र पानीको अभावले गर्दा आगो नियन्त्रणमा लिन अप्ठ्यारो परेको थियो। बीबीसी


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083