थाइल्याण्डको १२५ रन पछ्याउँदै नेपाल

4.63K
shares

काठमाडौं । आइसीसी टी–२० र एकदिवसिय विश्वकप अन्तर्गत एसिया क्षेत्रीय छनोटमा थाइल्याण्डले नेपाललाई १२५ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर एक सय २४ रन बनाएको हो। उसले बलियो सुरुवात गर्दै पहिलो विकेटका लागि ३७ रनको साझेदारी गर्यो। उसकी ओपनर नाइमुइ चेइवइ ३२ रनमा आउट भएपछि नेपाललाई पहिलो सफलता मिल्यो। त्यसको लगत्तै अर्की खेलाडी चान्तम पनि मात्र ५ रनमा पेभेलियन फर्किएपनि नेपालले दोस्रो विकेट लिन सफल भयो।

त्यसपछि थाइल्याण्डको स्कोर ६३ रन हुँदा नेपाललाई तेस्रो सफलता मिल्यो। १६ रन बनाएर खेलिरहेकी बोचाथम १२ रनमा नेरीले आउट गरिन। नेपालका लागि कविता कुवँरले एकै ओभरमा दुई विकेट लिएपछि थाइल्याण्डले ९८ रनमा पाँच विकेट गुमायो। उसका लागि चनीदा सुथिरुंगाले ३५ रन बनाइन। यस्तै वोङपाकाले २८ रनको योगदान गरिन। बलिङमा नेपाली कप्तान रुवीना क्षेत्रीले दुई विकेट लिइन। त्यस्तै नेरी थापा, कविता कुवँर तथा रुवीना क्षेत्रीले दुई दुई विकेट लिइन भने करुणा भण्डारीले एक विकेट लिइन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083