दैजी छेला औद्योगिक क्षेत्र स्थापनाका लागि प्रधानमन्त्रीलाई ज्ञापन

6.15K
shares

भीमदत्तनगर । कञ्चनपुरको वेदकोट नगरपालिकाले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई यहाँको दैजी छेला औद्योगिक क्षेत्र स्थापनाका विषयमा ज्ञापनपत्र बुझाएको छ। सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गर्न धनगढी पुगेका प्रधानमन्त्री ओलीलाई नगरपालिकाका प्रमुख अशोककुमार चन्दसहितको टोलीले यहाँको दैजी छेला औद्योगिक क्षेत्र स्थापनाको काममा ढिलाइ भइरहेको भन्दै ज्ञापनपत्र बुझाएको हो।

विसं २०५२ मा सरकारले घोषणा गरेको भए पनि हाल विविध सरकारी प्रक्रियाका कारण वन मन्त्रालयमा फाइल अड्किएको छ। छेला औद्योगिक क्षेत्रको कार्यप्रगतिबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराइएको नगरप्रमुख अशोककुमार चन्दले बताए। ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले वन तथा वातावरणमन्त्रीसँग छलफल गरेर छेला औद्योगिक क्षेत्रको काम यथाशीघ्र सञ्चालनका लागि पहल गर्ने आश्वासन दिएको नगरप्रमुख चन्दले बताए।

सुदूरपश्चिमको गौरवको योजना र रोजगारीको मुख्य सम्भावना रहेको दैजी छेला औद्योगिक क्षेत्र स्थापनाका लागि मन्त्रिपरिषद्बाट पटक–पटक निर्णय भइसकेको भए पनि वन विभागमा औद्योगिक क्षेत्रको काम रोकिएको छ। औद्योगिक क्षेत्र स्थापनाका लागि चालू आवमा सुदूरपश्चिम प्रदेश सरकारले रु ५० लाख बजेट विनियोजन गरेको छ। करीब नौ सय बिघा जग्गा कायम गरिएको दैजी छेला औद्योगिक क्षेत्रको ‘इआए’ तथा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण भइसकेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083