उच्च मनोबलका साथ काम गर्न सेनालाई प्रधानसेनापति थापाको निर्देशन

4.28K
shares

दिक्तेल । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई सबल, सुदृढ र सक्षम सङ्गठन बनाउन अनुशासनको परिधिमा रही उच्च मनोबलका साथ काम गर्न सकलदर्जालाई निर्देशन दिएका छन्। यहाँ तैनाथ बहादुर श्रीशेरगणको निरीक्षणका क्रममा उनले नेपाली सेनालाई सक्षम र प्रभावकारी सङ्गठन बनाउने सन्दर्भमा जारी भएको सात लक्ष्य र १५१ कार्यसहितको मार्गनिर्देशन कार्यान्वयन गर्ने विषयमा दायाँबायाँ नहुने दृढता व्यक्त गरे।

प्रधानसेनापति थापाको कमाण्ड मार्गनिर्देशनमा हतियार र उपकरण खरीद, शान्ति सेना भर्ना छनोट, बढुवालगायतका विषयलाई पारदर्शी तुल्याउने व्यक्त गरिएको छ। सेनापति थापाले भने, गल्ती हुन्छ भनेर काम नगर्ने कमाण्डर होइन, सङ्गठनलाई चुनौतीको सामना गर्ने गणपति आवश्यक छ, सही नियतबाट भएको गल्ती सुधार्न सकिन्छ, राम्रो कामका लागि लिखित आदेश पर्खनुपर्दैन।

सुरक्षा र विकास एकअर्काका पूरक भएकाले सरकारले अघि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’को अवधारणालाई मूर्तरूप दिन हामीले सुरक्षाको प्रत्याभूति दिन सक्नुपर्छ भन्दै उनले राष्ट्र, जनता र सेनाको हितका खातिर गौरव गर्ने ढङ्गबाट जिम्मेवारी सम्हाल्न निर्देशन दिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083