‘देश अनुसारको भेष’ भन्दै बाबुराम भट्टराईले पहिलो पटक लगाए दौरा सुरुवाल

5.55K
shares

काठमाडौं । डा.बाबुराम भट्टराईले पहिलो पटक दौरा–सुरुवाल लगाएका छन्। प्रधानमन्त्री हुँदासमेत दौरा–सुरुवाल नलगाएका भट्टराईले दौरा–सुरुवालमा सजिएका केही तस्वीर पोष्ट आफ्नो ट्वीटरमा पोष्ट गरेका छन्। तस्बिर संगै उनले लेखेका छन्, ‘देश अनुसारको भेष।

नयाँ शक्ति पार्टीका संयोजकसमेत रहेका उनले जीवनमा पहिलोपटक दौरा–सुरुवाल लगाएकोसमेत ट्वीटबाटै खुलासा गरेका हुन्। उनले लेखेका छन्, ‘जीवनमा पहिलोपटक दौरा–सुरुवाल लगाएर खसबाहुल्य कर्णाली प्रदेश प्रवेश गरियो।

उनी एक महिने जनसंवाद यात्राका क्रममा कर्णाली पुगेका हुन्। दौरा–सुरुवालबाट टाढै रहेका उनले यसअघि भादगाउँले टोपी भने लगाउने गरेका थिए। स्मरण होस् नेता भट्टराईले दौरा सुरुवाल टोपीलाई नेपालको राष्ट्रिय पोशाकको सूचीबाट हटाएका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083