कश्मीर हमलाको २२ वर्षे नायक : जसले भनेका थिए ‘मेरो नाम सुनौलो अक्षरमा लेखिन्छ’

5.02K
shares

एजेन्सी । कश्मीरको पुलवामामा एक साताअघि ४४ जनाको ज्यान जाने गरी भएको हमलाको तरंग पाकिस्तान र भारत मात्रै नभएर अन्य शक्तिशाली मुलुकमा समेत पुगिसकेको छ।

जैश ए मोहम्मदले जिम्मा लिएको उक्त आत्मघाती विस्फोट कसले गरेका थिए त ? यसअघि पनि आतंकवादी गतिविधिको जिम्मा लिँदैआएको उक्त भूमिगत अतिवादी समूहले पुलवामाको हमलामा कसलाई प्रयोग गरेको थियो भन्ने बारे अन्तर्राष्ट्रिय मिडियाले केही चर्चा गरिसकेका छन्।

को थिए त हमलाकारी ?

१४ फेब्रुअरीको उक्त हमला अदिल अहमाद दर नाम गरेका २२ वर्षे युवकले गरेको बताइएको छ। जो हमला भएको ठाउँबाट १० किलोमिटर मात्रै पर बस्दै आएका थिए। ‘द प्रिन्ट’का अनुसार ११ कक्षामा अध्ययनरत अदिम गत वर्ष मात्रै जैश ए मोहम्मदको समुहमा लागेका थिए। कश्मीरस्थित प्रहरी रिपोर्टको हवाला दिँदै मिडियाले ती व्यक्ति समुहमा जोडिएदेखि नै सुरक्षा फौजमा सक्रिय रहँदैआएका थिए।

प्रहरी स्रोतका अनुसार उनी ‘अध्ययनरत छँदादेखि नै उच्च रुपमा कट्टरपन्थी थिए। र जैश ए मोहम्मदमा संलग्न भएका थिए।’ दर अदिल अहमद गादी तक्रानेवाला र गुन्दिबागका वाकास कमान्डो नामले पनि चिनिन्थे। प्रहरीको रिपोर्टका अनुसार अदिल ‘सी’ ग्रेडका लडाकु थिए।

उनका बावु घुलाम हसन दर भने काकापोरा क्षेत्रमा एउटा पसल चलाउँदैआएका छन्। केही अघि छोरा हराएपछि उनले प्रहरीसमक्ष उजुरी समेत दर्ता गरेका थिए। तर अदिलले ‘वाकास कमान्डो’ लेखिएको कोडनेम सहित एके ४७ बोक्दै गरेको तस्बिर जब सामाजिक संजालमा सार्वजनिक भयो, प्रहरीको खोजीकार्य पनि टुंगियो। इन्डियन एक्सप्रेसमा यससँगै उनको परिवारबारे खबर बिस्तृतमा सार्वजनिक भएको छ।

गत साता आक्रमणको केही घण्टामै जैश ए मोहम्मदले उक्त हमलाको जिम्मेवारी लियो। सँगै हमलाको नेतृत्व उनै अदिल दरले गरेको भनी समाचार सार्वजनिक भएको हो। त्यसबेला सार्वजनिक भएको भिडियोमा जैश ए मोहम्मदको ब्यानरको अघिल्तिर दर ट्याक्टिकल गियरसहित राइफल बोकिरहेको तस्बिर पनि देखिएको थियो। जब कि, एक वर्षयता नै उनी पुलवामा आक्रमणको तयारीमा रहेको पनि बताइएको छ।

‘अन्ततः उक्त भिडियो सार्वजनिक भयो, अब म स्वर्गमा आनन्द लिइरहेको हुनेछु,’ उनले भनेका थिए, ‘म गर्व गर्छु। म इस्लामको वास्तविक प्रवर्तक हुँ र मेरो नाम सुनौलो अक्षरमा लेखिने छ।’ साथै उक्त घटना सुरुवात मात्रै भएको पनि बताइएको थियो। हमलाको लागि सिआरपीएफ अधिकारीका लागि ल्याइएका गाडीको लाइनतर्फ अदिमले ३५० केजीको विस्फोटक पदार्थसहितको महिन्द्रा स्कार्पियो ड्राइभिङ गरिरहेका थिए।

सिआरपीएफका अधिकारीका अनुसार जब विस्फोट भयो दुईवटा बस बिक्षिप्त भए। जसमध्ये एउटा बसले ३९ जना सुरक्षाकर्मी बोकिरहेको थियो। घटनालगत्तै सुरुमा ४० जनाको ज्यान गए पनि अहिलेसम्म त्यहाँ मृत्यु हुनेको संख्या ४४ पुगिसकेको छ।

सोही घटनालाई लिएर भारत र पाकिस्तानबीच थप तनाव बढ्दो छ। भारतले पाकिस्तानलाई घटनामा संलग्नता रहेको आरोप लगाउँदै आएको छ भने पाकिस्तानले प्रमाण विना आरोप लगाउन नपाउने भन्दै त्यसको कडा प्रतिवाद गरेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083