बदनियत काम गर्ने समाजकल्याण परिषदका पदाधिकारी बर्खास्त

5.49K
shares

काठमाडौं । बदनियत र कानून विपरीत काम गरेको भन्दै सरकारले समाज कल्याण परिषदका पदाधिकारीलाई पदमुक्त गरेको छ।

केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकले उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्यहरु कुञ्जकुमार झा, गोकर्ण भट्ट र सदस्यसचिव डिल्लीप्रसाद भट्टलाई पदमुक्त गरेको हो।

बदनियतपूर्वक र कानून विपरीत काम गरी समाजकल्याण परिषदलाई हानी पु¥याएकाले पदमुक्त गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए। त्यस्तै सरकारले समाजकल्याण परिषदमा भएको आर्थिक, प्रशासनिकलगायतका अनियमिताताबारे थप अनुसन्धान गरी कानूनी कारबाही गर्न त्यससम्बन्धी प्रतिवेदनको प्रलिलिपी अख्तियारमा पठाउने निर्णय पनि सरकारले गरेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083