पाकिस्तानले गर्यो भारतविरुद्ध युद्धको तयारी , अस्पताललाई ‘स्ट्याण्डबाइ’ रहन निर्देशन
वि.सं.२०७५ फागुन १० शुक्रवार ११:२५
shares

श्रीनगर। भारतको निरन्तर आरोपपछि पाकिस्तानले पनि भारतविरुद्ध युद्धको तयारी सुरु गरेको छ। सीमामा तैनाथ सैनिनकको लागि युद्धका सामान पठाउने तयारी भइरहेको रिपोर्टमा जनाइएको छ। अस्पतालहरुलाई पनि जुनसुकै बेला मेडिकल सपोर्टको लागि स्ट्याण्डबाइ रहन निर्देशन दिइएको छ। रिपोर्टमा दावी गरिएअनुसार इरानसँगको सीमा जोडिएको क्षेत्र बलोचिस्तान र भारतसँग सीमा जोडिएको पाकिस्तान नियन्त्रित कश्मिर (पिओके)को स्थानीय प्रशासनलाई भारतको तर्फबाट युद्ध हुने स्थितिमा जुनसुकै कारवाहीको लागि तयार रहन निर्देशन दिइएको छ।
पाकिस्तानी सैनिक हेटक्वार्टर क्वेटा बेस लजिस्टिक्स एरियाबाट अस्पतालहरुलाई २० फेब्रुअरीमा पठाइएको एक आदेशमा भारतसँग युद्ध हुने स्थितिमा मेडिकल सपोर्ट तयार राख्न निर्देशन दिइएको छ। आदेशमा भनिएको छ ‘हामीलाई विश्वास छ, पूर्वी मोर्चामा आपतकालीन युद्धको अवस्थामा घाइते जवानहरुलाई सिंध र पंजाबका सिभिल र मिलिट्री अस्पतालबाट मेडिकल सहायता दिइनेछ। सुरुवाती उपचारपछि घाइते जवानहरुलाई बलोचिस्तानस्थित सिभिल अस्पताल पठाइनेछ। सिभिल अस्पतालमा बेडको संख्या २५ प्रतिशतसम्म बढाउन निर्देशन दिइएको छ।
बिहीबार पिओके सरकारले नीलम, झेलम, रावलकोट, हवेली, कोटली र भिम्बरको नियन्त्रण रेखा ९एलओसी०सँग जोडिएका षेत्रमा बस्ने नागरिकलाई एडभाइजरी जारी गरेको छ । युद्धको स्थितिमा तयार रहन नागरिकलाई भनिएको छ। पीओके सरकारले नागरिकलाई युद्धको स्थितिमा सुरक्षित बाटोबाट आवतजावत गर्न भनेको छ। एलओसीको नजिकका नागरिकलाई बंकर नबनाएको भए बाउन भनिएको छ। नागरिकलाई रातको समयमा अनावश्यक रुपमा बत्ती नबाल्न र एलओसीको नजिक नजान भनिएको छ।































