पाकिस्तानको आक्रमणपछि भारतका ८ राज्यमा हाइअलर्ट, अस्पतालमा विदा रद्द, स्कुल बन्द

4.86K
shares

श्रीनगर। भारत पाकिस्तान सीामा युद्धको अवस्था बनेको छ। भारतले आक्रमण गरेपछि पाकिस्ताले पनि जवाफी आक्रमण गर्दा यहाँको स्थिति खतरनाक भएको हो। यद्यपि पाकिस्ताले भने भारतले आक्रमण सुरु गरेपछि उसलाई आफ्नो शक्ति देखाएको बताएको छ। पाकिस्तानले आफूले चाहेको भए भारतलाई क्षति पुर्याउन सक्ने बताउँदै उसलाई आफ्नो शक्ति मात्र देखाउनको लागि मानव नभएको क्षेत्रमा बम खसालेको बताएको छ।

भारतले देशका तीनै सेनालाई हाइअलर्टमा राखेको छ। जम्मु कश्मिरका अस्पतालको छतमा रेडक्रसको चिन्ह पेन्ट गरिएको छ। जम्मु पठानकोट हाइवेलाई सेनाले नियन्त्रणमा लिएको छ। पाकिस्तानसँग सीमा जोडिएका उत्तर भारतका ८ राज्यका १२ भन्दा धेरै विमानस्थललाई हाइअलर्टमा राखिएको छ। जम्मु कश्मिर सीमा क्षेत्रमा सीमाबाट ५ किलोमिटरको दायरामा सबै स्कुल बन्द गरिएको छ। त्यहाँका नागरिकलाई घर खाली गराएर शिविरमा पठाइएको छ। रातमा घरमा बिजुली बन्द गर्न निर्देशन दिइएको छ।

स्कुलमा अर्को आदेश नआउँदासम्मको लागि विदा दिइएको छ। पाकिस्तानको पंजाब प्रान्तको सियालकोटमा तीब्र हलचल भएको बताइएको छ। पंजाबको अमृतसर, तरनतारन, गुरदासपुर लगायतका इलाकामा सेनाको हलचल तीब्र बनेको छ। रमदास, अजनाला, अटारी, खेमकरण क्षेत्रमा सेना बंकरमा पुगेको छ। स्वास्थ्य विभागले अस्पतालका कर्मचारीको विदा रद्द गरेको छ। उनीहरुलाई २४ घण्टा अलर्ट रहन निर्देशन दिइएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083