मन्त्री अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिने, अन्त्येष्टि गृह जिल्लामा

4.76K
shares

काठमाडौं । हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव ताप्लेजुङ्गबाट काठमाडौं ल्याउने तयारी भैरहेको छ। घटनास्थलबाट संकलन गरेर सुकेटार विमानस्थल ल्याइएका शवहरू काठमाडौं पठाउने तयारी भएको हो।

बुधबार साँझ चार र बिहीबार बिहान थप तीन गरी सातवटै शव सेनाले सुकेटार ल्याइएको हो। शवहरू काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएपछि पोस्टमार्टमको लागि शिक्षण अस्पताल महाराजञ्ज लगिने छ। मन्त्री अधिकारीका स्वकीय सचिव राजेन्द्र आचार्यका अनुसार अधिकारीको शव काठमाडौँ ल्याइएपछि त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण गरिनेछ ।

त्यसपछि श्रद्धाञ्जलीको लागि टुँडिखेलमा राखिने छ। श्रद्धाञ्जलीपछि मृतकका आफन्तलाई शव जिम्मा लगाइने छ। अधिकारीको अन्त्येष्टि भने उनको गृह जिल्ला कास्कीमा हुने भएको छ। कास्की क्षेत्र नं २ बाट सङ्घीय संसद्का लागि निर्वाचित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलिका लागि राख्ने तयारी भइरहेको आचार्यले जानकारी दिए।

त्यसपछि नेकपाको केन्द्रीय कार्यालयमा पार्टीको झण्डा ओढाउने र केहीबेर श्रद्धाञ्जलिका लागि राखिने कार्यक्रम छ। गृहमन्त्रालयले निर्णय गरेपछि काठमाडौँ खुलामञ्चमा सम्मानका लागि लगिनेछ  सरकारले अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्ले बुधबार निर्णय गरिसकेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083