भारत–पाक युद्धको जोखिम कम तर, तनाव कायमै
वि.सं.२०७५ फागुन १७ शुक्रवार १०:३६
4.88K
shares
shares

काठमाडौं । भारत र पाकिस्तानबीच तत्काल युद्धको सम्भावना टरेको छ। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो नियन्त्रणमा रहेका भारतीय वायुसेनाका पाइलटलाई शुक्रबार रिहा गर्ने बताएका छन्। मंगलबार भारतीय विमानले पाकिस्ताननियन्त्रित कास्मिरमा बम वर्षा गरेको थियो।
बुधबार पाकिस्तानले भारतीय विमान खसाएर वायुसेनाका विङ्स कमान्डर अभिनन्दन वर्तमानलाई पक्राउ गरेपछि दुई देशबीच युद्धको खतरा उत्पन्न भएको थियो। पाकिस्तानी प्रधानमन्त्रीले बिहीबार शान्तिका लागि आह्वान गर्दै ती पाइलटलाई मुक्त गर्ने बताए। पाइलटलाई शुक्रबार पन्जाबको वागा सीमानाकाबाट मुक्त गरेर घर फर्काइनेछ। यससँगै युद्धको खतरा टरेको विश्लेषकहरूले बताएका छन् ।































