देशले होनाहार नेता गुमायो – बाबुराम भट्टराई

6.16K
shares

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराई स्व.पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई श्रद्धाञ्जली दिन टुँडिखेल पुगेका छन्। उनले दुर्घटनामा ज्यान गुमाएकाहरु सबैप्रति श्रद्धान्जली व्यक्त गरे। श्रद्धाञ्जली दिएपछि नेता भट्टराईले देशले ठूला होनाहार नेता गुमाएको प्रतिक्रिया दिए।

बेलाबेलामा हामीले देशका होनाहार नेता गुमाइरहनु परेको छ’ भट्टराईले भने,‘यो क्षेत्रमा सुधार गर्न अत्यन्तै आवश्यक छ। हाम्रो जस्तो पहाडी क्षेत्रमा हवाइ यातायातको निर्णायक भूमिका हुन्छ त्यसलाई हामीले अन्त्य गर्न सक्दैनौ त्यसो भएकाले पनि पछिल्लो प्रविधिमा आधारित रहेर पनि सुरक्षालाई अलि चुस्त बनाउनुपर्छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083