भारतीय पाइलट अभिनन्दनका छोरालाई पाकिस्तानी सैनिकले पठायो मन छुने भावुक पत्र!

6.16K
shares

एजेन्सी। पाकिस्तानको कब्जामा रहेका भारतीय वायूसेनाका विङ कमान्डर अभिनन्दन वर्धमान आज रिहा हुँदैछन्। पाकिस्तानी प्रधानमन्त्री इमारान खानलाई उनलाई भारतको जिम्मा लगाउने हिजो घोषणा गरेका थिए।

यसै सन्दर्भमा अहिले पाकिस्तानी सैनिकको नाममा सार्वजनिक भएको एउटा खुलापत्र सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। पत्र लेख्ने सैनिकको नाम उल्लेख छैन, तर पाकिस्तानी सेनाको आधिकारिक ट्वीटरमा यसलाई सेयर गरिएको छ। अभिनन्दनका छोरालाई सम्वोधन गरेर लेखिएको पत्र यस्तो छ:

प्रिय सानो बाबु

बधाई छ, तिमी चाँडै आफ्नो बुवालाई अंगाल्न गइरहेका छौ। हामी तिम्रो बुवालाई एउटा उपहारको रुपमा फिर्ता पठाइरहेका छौं। चाहे उनी तिमी जस्ता थुप्रैमाथि बम खसाल्न आएका किन नहुन्। बाबु सुन। मेरो तिमीलाई एउटा अनुरोध छ। जब उनले तिमीलाई हतारिँदै आफ्नो कसिलो अंगालोमा बाँध्छन्, उनलाई बिनम्रताका साथ मेरो तर्फबाट केही प्रश्नहरु सोध्नु। उनलाई सोध्नु, बुवा ! के मजस्ता काश्मिरी बच्चाहरुलाई खुशीसँग उनीहरुको बुवासित बस्ने अधिकार छैन? उनलाई सोध्नु, यदि उनीहरुले तपाईंलाई अराजक भीडको बीचमै छोडि दिएको भए के हुन्थ्यो? उनलाई सोध्नु, युद्ध र घृणाको मूल्य के हुन्छ? उनलाई सोध्नु, के शक्तिशाली छ घृणा कि माया? उनलाई सोध्नु, जीवन सुन्दर छ वा मृत्यु? म तिम्रो उत्तरको प्रतिक्षामा हुनेछु। खुशी साथ रहनु सानो बाबु, एक दिन तिमी आफ्नो बाबु सहित हामी सित भेट्न आउने कामना गर्छु। तर, त्यतिबेला तिम्रो बाबुको हातमा मिसाइल र बम होइन फूल हुनेछ। अन्त्यमा, म तिमीलाई वचन दिन्छु कि कसैले पनि तिम्रो अनुहारको मुस्कान खोस्न सक्ने छैन र हाम्रो विध्वंसका लागि हाम्रो भूमि प्रयोग हुन दिने छैन। आफ्नो बाबुसँग खुशी साथ रहनु।

मानवताको प्रेमी

३४ वर्षीय अभिनन्दन वर्धमान भारतको चेन्नई शहरका हुन्। उनी सन् २००४ मा भारतीय सेनामा भर्ति भएका हुन्। उनका पिता पनि भारतीय वायू सेनामा थिए। अभिनन्दनका छोरा १० वर्षका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083