मुम्बइबाट २६३ यात्रु बोकेर सिंगापुरका लागि उडेको विमानमा बम आतंक

4.95K
shares

नयाँ दिल्ली। भारतको मुम्बइबाट सिंगापुरको लागि उडेको बिहानमा बम राखिएको र उक्त बम पड्काइदिने धम्की दिइएपछि हल्लाखल्ला मच्चियो। यद्यपि विमानलाई मंगलबार बिहान सिंगापुरको चांगी विमानस्थलमा सुरक्षित अवरतरण गराइएको छ। सूचना आएपछि सिंगापुर एयरफोर्सले विमानलाई आकाशबाटै स्कर्टिङ गरेर विमानस्थलसम्म पुर्याएको द हिन्दूको रिपोर्टमा उल्लेख छ। विमानमा २६३ यात्रु थिए।

सिंगापुर एयरलाइन्सको फ्लाइट एसक्यू ४२३ ले मुम्बइ एयरपोर्टबाट सोमबार बेलुका ११ः३५ मा उडान भरेको थियो। विमान उडेको केही समयमै एयरलाइन्सको कार्यालयमा फोन गरेर विमानमा बम राखिएको धम्की दिइयो। धम्की आएपछि सिंगापुर एयर फोर्सको सहयोगमा आकाशबाटै सकर्टिङ गर्दै विमानलाई मंगलबार बिहान ८ बजे सिंगापुरको चांगी विमानस्थलमा अवतरण गराइयो। अवतरणपछि जाँच गर्दा भने विमानमा बम नभएको पाइएको छ। यस विषयमा सबै यात्रुसँग सोधपुछ गरिएको थियो। एक महिला र एक बालकलाई हिरासतमा लिइएको बताइएको छ।