नयाँदिल्ली हिंसामा मृतकको संख्या ३२ पुग्यो, छिटपुट हिंसा जारी

नयाँदिल्ली ।

भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण बिहीबार बिहानसम्म ३२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार झण्डै २०० जना घाइते भएका छन् ।

हिंसा नियन्त्रणका लागि उत्तरपूर्वी दिल्लीमा हजारौं दङ्गा प्रहरी र अर्ध सैनिक बल परिचालन गरिएको छ । जिटीबी अस्पतालका निर्देशक सुनिल कुमारले अस्पतालमा ३० जनाको मृत्यु भएको बिहीबार जानकारी दिनुभयो । लोक नायक अस्पतालका मुख्य चिकित्सकले आफ्नो अस्पतालमा २ जनाको मृत्यु भएको बताउनुभयो ।

जिटीबी अस्पतालका निर्देशक कुमारले मृत्यु भएका सबैलाई बन्दुकको गोली लागेको बताउनुभयो ।

विवादास्पद नागरिकता कानुनलाई लिएर तीन महिनादेखि देशैभर विरोध प्रदर्शन भइरहेका छन्, र यसक्रममा एक सयभन्दा बढीको ज्यान गइसकेको छ । पछिल्लो हिंसात्मक झडप उक्त कानुनको पक्ष र विपक्षमा रहेका हिन्दु र मुस्लिम समुदायबीच भइरहेको छ ।

हातमा लाठी, बन्दुक, पेस्तोल बोकेका सशस्त्र प्रदर्शनकारीले उत्तरपूर्वी दिल्लीका घर, पसल, मस्जिद, विद्यालय, टायर बजार र पेट्रोप पम्पमा लुटपाट, आगजनी र तोडफोड गरेका थिए ।

दिल्ली प्रहरीका प्रवक्ता मन्दीप रन्धवाले बुधबारदेखि बिहीबार रातसम्म ठूलो हिंसात्मक झडप नभएको र अघिल्ला दिनको तुलनामा परिस्थिति शान्त देखिएको बताउनुभयो । केही मानिसले प्रहरीको मद्दत माग्दै फोन गरेका र त्यहाँ तत्काल प्रहरी पुगेको पनि उहाँले जानकारी दिनुभयो ।

गत आइतबार मुस्लिम समुदायका व्यक्तिहरुले नागरिकता कानुनको विरोधमा सडकमा जुलुस निकालेकै समयमा हिन्दु समूहले आक्रमण गरेपछि परिस्थिति नियन्त्रण बाहिर पुगेको थियो । स्थानीयवासीले दिल्ली प्रहरीले हिंसामा उत्रिएको समूहलाई नियन्त्रणमा ल्याउन कुनै प्रयास नगरेको आरोप लगाएका छन् ।

गत डिसेम्बरमा मात्र उत्तर प्रदेशका मुस्लिम बहुल इलाकाहरुमा भएका प्रदर्शनमा कम्तीमा ३० व्यक्तिको ज्यान गएको थियो ।

संशोधित नागरिकता कानुन र राष्ट्रिय अभिलेख रजिष्टरका नाममा आफूहरुलाई राज्यविहीन बनाउने भारत सरकारको कुत्सित मनशाय देखिएको मुस्लिम समुदाय र बौद्धिक समूहको दाबी छ । तर भारत सरकारले कुनै पनि मुस्लिमलाई राज्यविहीन नबनाउने बताइसकेको छ ।

नयाँदिल्लीको सर्वाधिक प्रभाव परेको उत्तरपूर्वी क्षेत्रमा विद्यालयहरु बन्द गरिएका छन् भने ठाउँठाउँमा कफ्र्यु आदेश जारी गरिएको छ । भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले हिंसा भड्किएका क्षेत्रको स्थलगत भ्रमण गरी स्थानीय नेताहरु र प्रहरी अधिकारीहरुसँग कुराकानी गर्नु भएको छ ।

उहाँले दिल्लीको पछिल्लो अवस्थाका बारेमा विस्तृत प्रतिवेदन केन्द्र सरकारलाई बुझाउने जिम्मेवारी पाउनु भएको छ ।

प्रहरीले बुधबार नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको निवास बाहिर भेला भएको भिडलाई तितरबितर बनाएको थियो । यो भिडमा खासगरी जवाहरलाल नेहरु विश्वविद्यालयका विद्यार्थीहरु, जामिया मिलिया इस्लामियाका सदस्य समेत रहेका थिए । उनीहरुले मुख्यमन्त्री केजरीवाललाई भेट गरी दिल्ली हिंसासँग सम्बन्धित विषयमा मागपत्र प्रस्तुत गर्न चाहेका थिए ।

मोदी सरकारले सन् २०१९ को डिसेम्बर ११ मा विवादास्पद नयाँ नागरिकता कानुन राज्यसभाबाट पारित गराएसँगै यसको पक्ष र विपक्षमा भारतीय जनमत बाँडिएको छ । नयाँ नागरिकता कानुनले खासगरी भारतीय मुस्लिम समुदायलाई चिढ्याएको छ ।

नयाँ कानुन अनुसार धार्मिक आस्थाका आधारमा बंगलादेश, अफगानिस्तान र पाकिस्तानमा पीडित भइरहेका हिन्दु, सिख, बौद्धमार्गी, जैन, पारसी र इसाई सम्प्रदायका व्यक्तिलाई भारतमा नागरिकता दिइने व्यवस्था गरिएको छ । तर तिनै देशमा पीडित भइरहेका कतिपय अल्पसंख्यक मुस्लिमलाई भने यस्तो सुविधा नदिइएको भारतीय मुस्लिम समुदायको गुनासो छ ।
रासस/एएफपी


वअन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरुण अधिकारी

वअन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरुण अधिकारी

२०८२ वैशाख ७ आइतवार

 काठमाडौँ। विश्वभरिका नेपाली सेफहरूलाई एकीकृत गर्ने उद्देश्यले काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय...

धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा बाध्न सहयोग पुर्‍याउछ: उपाध्यक्ष डा.लामा

धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा बाध्न सहयोग पुर्‍याउछ: उपाध्यक्ष डा.लामा

२०८१ चैत २७ बुधवार

काठमाडौ । धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा...

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

२०८१ पुस २ मंगलवार

लुम्बिनी । भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा आइतबार देखि...

प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश

प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश

२०८१ साउन ४ शुक्रवार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा...

चीनको सपिङ सेन्टरमा आगलागी, कम्तीमा १६ जनाको मृत्यु

चीनको सपिङ सेन्टरमा आगलागी, कम्तीमा १६ जनाको मृत्यु

२०८१ साउन ३ बिहीवार

काठमाडौँ । चीनको एक १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा...

ट्रम्पमाथि गोली प्रहार : गोली हान्ने व्यक्ति र एक ट्रम्प समर्थकको मृत्यु

ट्रम्पमाथि गोली प्रहार : गोली हान्ने व्यक्ति र एक ट्रम्प समर्थकको मृत्यु

२०८१ असार ३० आइतवार

एजेन्सी। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको घटनाले...