नेतान्याहूले यसपटक पनि बहुमत ल्याउन नसक्ने मतसर्वेक्षणको अनुमान

Nepal Life Insurance Long Ad

जेरुसेलम। 

 प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको लिकुड पार्टी यस पटकको निर्वाचनमा पनि सबैभन्दा ठूलो पार्टीको रूपमा देखापर्ने अनुमान गरिएको छ । बहुमतको सरकार गठन हुन नसकेपछि एकै वर्षको अवधिमा भइरहेको तेस्रो आमनिर्वाचनले फेरि पनि बहुमतको सरकार गठन हुन नसक्ने चुनावी मतसर्वेक्षणले देखाएको छ ।

भ्रष्टाचारको आरोपमा अदालतमा सुनुवाई हुन लागेकै अवस्थामा प्रधानमन्त्री नेतान्याहूलाई संसदमा बहुमत जुटाउन अन्य दलको समर्थन प्राप्त हुनेमा आशंका उत्पन्न भएको छ ।

सोमबार सम्पन्न चुनावमा लिकुड पार्टी र यसका कट्टर धार्मिक तथा राष्ट्रवादी गठबन्धनले ५९ स्थान जित्ने देखिएको छ । बहुमतका लागि यस गठबन्धनलाई दुई स्थानको कमी हुनेछ ।

प्रधानमन्त्रीका विपक्षीहरूले ६१ स्थान सहित बहुमत पाउने अनुमान गरिएको थियो । तर मुख्य चुनौती दिने ब्लू एन्ड ह्वाइट पार्टीले अपेक्षाकृत कम स्थान जित्ने अनुमान गरिएको छ । विपक्षीहरु खण्डित अवस्थामा रहेका छन् । पछिल्लो चुनावी परिस्थितिले इजरायलको राजनीतिक प्रणालीमा कठिन अवस्था अझै रहेको सङ्केत गरेका छन् ।

गएरातिदेखि नै मतगणना जारी रहे पनि आधिकारिक मतपरिणाम निकै ढिलो भइरहेको छ । मङ्गलबार बिहान करिब १४ प्रतिशत मात्र मतगणना भएको छ ।

प्रधानमन्त्री नेतान्याहूले राति करिब २।३० बजे आफ्ना हजारौं उत्साही समर्थकहरूको भीडलाई सम्बोधन गर्दै आफूहरु “विशाल विजय”तर्फ अग्रसर भएको दाबी गर्नु भएको छ ।

“हामी विषम परिस्थितिमा पनि विजयोन्मुख छौं, किनकि हामी शक्तिशाली शक्तिको बिरूद्ध खडा भयौं,” उहाँले भन्नुभयो, “हाम्रा विपक्षीहरूले नेतान्याहू युग सकिएको दाबी गरेपनि उनीहरु नै हाम्रा प्रशंसक भएर अगाडि आएका छन् ।”

उहाँले सरकार गठनका लागि तत्काल नयाँ गठबन्धन निर्माण गर्ने र पश्चिमी किनाराका ठूलो भागलाई कब्जामा लिइने कट्टरपन्थी एजेन्डालाई अगाडि बढाउने दृढता व्यक्त गर्नुभयो । प्रधानमन्त्रीको यस्तो कदमले प्यालेस्टाइन राज्य स्थापनाको बाँकी सम्भावनालाई निरुत्साहित गर्नेछ ।

ठूलै उत्सवका बावजूद नेतान्याहूलाई नयाँ सरकार गठन गर्न कठिनाइ हुन सक्नेछ । सुरुमा प्रधानमन्त्री नेतान्याहूकै दल विजयी हुने अनुमान गरिए पनि मतसर्वेक्षणहरुले एउटा कडा प्रतिस्पर्धाको पूर्वानुमान गरेका थिए । सर्वेक्षणले प्रधानमन्त्रीले चाहेको संसदीय बहुमत प्राप्त गर्न कठिन हुने देखाएको छ ।

यदि आधिकारिक नतिजासँग मतसर्वेक्षण मिल्दोजुल्दो देखिए नेतान्याहू विरुद्धको मुद्दाको सुनुवाई मार्च १७ मा हुन सक्नेछ ।

गत नोभेम्बरमा नेतान्याहूमाथि धोखाधडी, विश्वास उल्लङ्घन र घूस प्रकरणमा अभियोग लगाइएको थियो । इजरायली इतिहासमा बहालवाला प्रधानमन्त्रीमाथि घुस प्रकरणमा अभियोग लगाइएको यो पहिलो पटक हो । उहाँले आफूमाथि लागेका आरोपलाई निरन्तर अस्वीकार गरिरहनु भएको छ । उहाँको भनाईमा प्रहरी, अभियोजक र संचार माध्यमले आफूमाथि अनावश्यक दबाब दिएको बताउनुभयो ।
रासस/एपी


वअन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरुण अधिकारी

वअन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरुण अधिकारी

२०८२ वैशाख ७ आइतवार

 काठमाडौँ। विश्वभरिका नेपाली सेफहरूलाई एकीकृत गर्ने उद्देश्यले काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय...

धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा बाध्न सहयोग पुर्‍याउछ: उपाध्यक्ष डा.लामा

धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा बाध्न सहयोग पुर्‍याउछ: उपाध्यक्ष डा.लामा

२०८१ चैत २७ बुधवार

काठमाडौ । धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा...

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

२०८१ पुस २ मंगलवार

लुम्बिनी । भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा आइतबार देखि...

प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश

प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश

२०८१ साउन ४ शुक्रवार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा...

चीनको सपिङ सेन्टरमा आगलागी, कम्तीमा १६ जनाको मृत्यु

चीनको सपिङ सेन्टरमा आगलागी, कम्तीमा १६ जनाको मृत्यु

२०८१ साउन ३ बिहीवार

काठमाडौँ । चीनको एक १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा...

ट्रम्पमाथि गोली प्रहार : गोली हान्ने व्यक्ति र एक ट्रम्प समर्थकको मृत्यु

ट्रम्पमाथि गोली प्रहार : गोली हान्ने व्यक्ति र एक ट्रम्प समर्थकको मृत्यु

२०८१ असार ३० आइतवार

एजेन्सी। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको घटनाले...