कोरोनाको आशंकामा टेकु अस्पतालमा भर्ना गरिएका चारै जनाको स्वास्थ्य रिपोर्ट नेगेटिभ
वि.सं.२०७६ फागुन २० मंगलवार १२:२८
15.73K
shares
shares

मुक्ति खबर,काठमाडौं ।
विश्वभर कोरोना भाईरसले आतंक मच्चाईरहेका बेला नेपालमा पनि कारोनाको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आईतबार र सोमबार भर्ना गरिएका चारजना बिरामीको को स्वास्थ्य रिपोर्ट नेगेटिभ देखिएको छ । ।
परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको जनस्वास्थ्य प्रयोगशाला स्रोतले जनाएको छ। अस्पतालले रिपोर्ट केही बेरपछि सार्वजनिक गर्ने तयारी गरेको छ।
चीनबाट एकजना र कोरियाबाट आएका तीनजना गरी चारजनालाई बिरामीलाई आइतबार अस्पताल भर्ना गरिएको थियो। हालसम्म जम्मा २३ जना बिरामीलाई कोरोना आशंकामा आइसोलेसनमा राखिएको छ । तीमध्ये १९ जना सकुशल घर फर्किसकेका छन् ।





























