कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा छ जनाको मृत्यु

4.91K
shares

एजेन्सी ।

कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा अहिलेसम्म ६ जनाको मृत्यु भएको छ । यस्तै ९० भन्दा बढीमा संक्रमण देखिएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।

अमेरिकाको वासिंटन राज्यको किङकाउन्टीमा ५ जना र स्नोहोमिस काउन्टीमा एकजनाको मृत्यु भएको हो । यसैगरी ९६ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ ।उपचार भइरहेका ७ जनाको अवस्था गम्भीर रहेको र ९ जनाको सफल उपचार गरिएको जनाइएको छ ।

यस्तै, न्युयोर्क राज्यमा एक महिलालाई कोरोना भाइरस संक्रमणको पुष्टी भएको छ । हालै इरान भ्रमणबाट फर्केकी ३५ वर्षीया एक महिलामा संक्रमण पुष्टी भएको हो । हाल उनलाई घरमै आइसोलेसनमा राखिएको छ।

त्यस्तै, क्यानडामा कम्तीमा २७ जनामा संक्रमण पुष्टी भएको छ । क्यानडाको ओन्टारियोमा १८, ब्रिटिस कोलम्बियामा ८ र क्युबेकमा १ जनामा संक्रमण पुष्टी भएको छ । समाचार संस्थाकाअनुसार पछिल्लो २४ घण्टामा ४० जनाको संक्रमणबाट मत्यु भएको उल्लेख छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083